You are viewing the translated version of रोक्का भएका वा दसीका रुपमा प्राप्त भएका सामान फिर्ता वा लिलाम गर्ने कार्यविधि.
Section 77
रोक्का भएका वा दसीका रुपमा प्राप्त भएका सामान फिर्ता वा लिलाम गर्ने कार्यविधि
(१) मुद्दामा दसीको रुपमा प्राप्त हुन आएका कुनै मालसामान वा चिज वस्तु जफत गर्नु पर्ने दाबी नभएको र स्वामित्व सम्बन्धमा विवाद नरहेको अवस्थामा त्यस्तो मालसमान वा चिज वस्तु सम्बन्धित मालघनीले फिर्ता पाउँ भनी निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा अदालतले त्यस्तो मालसमान वा चिज वस्तु फिर्ता दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम मालधनीलाई फिर्ता हुने मालसामान वा चिजवस्तु बाहेक अन्य रोक्का भएका वा दसीमा प्राप्त हुन आएका कुनै मालसामान मुद्दा अन्तिम किनारा नहुँदासम्म राख्दा खिया लागी, टुटीफुटी, सडीगली वा अन्य कुनै किसिमले नोक्सान हुन जाने देखिएमा अवस्था अनुसार त्यस्तो मालसामान लिलाम गर्ने प्रयोजनका लागि अदालतले आदेश गरी सम्बन्धित निकायमा पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम लिलाम भएको अवस्थामा सम्बन्धित निकायले लिलामबाट आएको रकम आम्दानी बाँधेको रसिद मिसिल सामेल राख्न अदालतमा पठाउनु पर्नेछ।